शीर्षकहरू

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । शुक्रवार तीन कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक शेयर विक्रीमा ल्याएको छ । एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता, सानिमा जिआईसी इन्स्योरेन्सले १ लाख २३ हजार ८९३ कित्ता र नेपाल इन्स्योरेन्सले ६६ हजार ५६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

तीन कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकेको छ । इच्छुक खरीदकर्ताहरूले सम्बन्धित कम्पनीहरूको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । एनएमबि बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय बबरमहल, काठमाडौं , सानिमा जिआईसी इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा र नेपाल इन्स्योरेन्सको कार्यालय कमलादी, काठमाडौं आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।