शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो

सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ६४ लाख रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष १८ करोड ८७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको खुद नाफा गत वर्ष १५ करोड २३ लाख रूपैयाँभन्दा बढीेले घटेको हो । 

अघिल्लो वर्ष असार मसान्तसम्म २६ करोड १६ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत असार मसान्तसम्म ५ करोड ८७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज वापत्को रकम फिर्ता भएको छ । इम्पेरमेन्ट चार्ज वापत् गत वर्ष २ करोड ५३ लाख रूपैयाँभन्दा बढी फिर्ता भएको कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवणमा उल्लेख छ ।

यस कम्पनीले साउन ४ देखि ८ गतेसम्म प्रतिशेयर १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको छ । एफपीओ बाँडफाँटपछि कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । गत असार मसान्तसम्म कम्पनीको रिटर्न अर्निग १५ करोड ७६ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम ३४ करोड २० लाख रूपैयाँभन्दा बढी छ ।