शीर्षकहरू

लगानी बोर्डले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोडको परियोजना स्विकृत गर्यो

लगानी बोर्डले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोडको परियोजना स्विकृत गर्यो


काठमाडौं । लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको विभिन्न परियोजनाका लागि लगानी स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा ९ वटा परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो ।

बोर्डले जारी गरेको विज्ञप्ति अनुसार यता ट्रान्समिशन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण कार्यप्रगति भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बताए । त्यसैगरी तल्लो अरुण जलविद्युत परियोजनाको जग्गा प्राप्तिको कार्य प्रारम्भ भएको छ । यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको बोर्डले बताएको छ । 

अपर मर्स्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर र वाणगंगा) र दमक क्लीन इन्डस्ट्रियल पार्क,डाबर नेपालको क्षमता अभिवृद्धि र प्रडक्ट डाइभर्सिफिकेसन परियोजनाको लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको एमओयू भएको छ ।