शीर्षकहरू

अब शाखा अधिकृत, नासु र खरिदारको प्रथम पत्रमै ४५ अंक ल्याउनुपर्ने, दोस्रोमा आधा अंक नजोडिने

अब शाखा अधिकृत, नासु र खरिदारको प्रथम पत्रमै ४५ अंक ल्याउनुपर्ने, दोस्रोमा आधा अंक नजोडिने

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन गरेको छ । नयाँ पाठ्यक्रममा यसअघि प्रथम पत्रमा ४० अंक ल्याउनुपर्ने व्यवस्था परिवर्तन गरी ४५ अंक पुर्‍याइएको छ ।

यस्तै  यसअघि प्रथम पत्रमा ल्याएको अंकको ५० प्रतिशत अंक दोस्रो पत्रमा जोडिने व्यवस्था पनि आयोगले हटाएको छ । अब प्रथम पत्र छनोट परीक्षाका रुपमा मात्रै हुने व्यवस्था गरिएको छ ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ र उक्त
परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई यस परीक्षाको प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश नगरिने भनिएको छ ।

लिखित परीक्षाको प्रथम चरणको परीक्षाबाट छनोट भएका उम्मेदवारलाई मात्र लिखित परीक्षाको द्वितीय चरणको मूल परीक्षामा सम्मिलित गराइने, द्वितीय चरणको मूल परीक्षामा छनोट भएका उम्मेदवारहरुलाई मात्र अन्तिम चरणको परीक्षामा सम्मिलित गराइने र द्वितीय चरणको मूल परीक्षा र अन्तिम चरणको परीक्षाको कुल अङ्क योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित हुनेछ ।

गत असार २० गते स्वीकृत भएको नयाँ पाठ्यक्रम आर्थिक वर्ष २०८१/८२ को  विज्ञापनदेखि लागू हुनेछ भने यो लागू भएसँगै यो भन्दा अगाडिको परीक्षा योजना खारेज हुने जानकारी आयोगले दिएको छ ।

यस्तो छ नयाँ पाठ्यक्रम