शीर्षकहरू

मेडिकल कलेजको सिट संख्या बढाउन माग

मेडिकल कलेजको सिट संख्या बढाउन माग

काठमाडौं । नेपालमा मिडिकल शिक्षाको सिट संख्या वृद्धि गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बझाउँदै यस्तो माग गरेका हुन ।

 नेपालमा सञ्चालनमा रहेका मेगिकल कलेजलाई प्रति कलेज २०० विदेशी विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था गर्न शिक्षा मन्त्रीसँग माग राखेको जारी विज्ञप्तिमा उल्लेख  छ । त्यस्तै, हाल नेपालमा चिकित्सा विषयमा ७६५९( एमबीबीएसको १८९५, बीडीएसको ५६०, विएसस्सी नर्सिङको १३५०, एएनएसको १३१० र अन्य प्यारामेडिकलमा २५४४) सिट संख्या तोकिएको छ ।