शीर्षकहरू

भारतमा सुन चाँदीको मूल्य अझ सस्तो भयो

भारतमा सुन चाँदीको मूल्य अझ सस्तो भयो

एजेन्सी । भारतमा सुन चाँदीको मूल्य अझ सस्तो भएको छ । बुधबार सार्वजनिक भएको  बजेटमा सुन चाँदीको भन्सार महसुल (आयात कर) घटाएपछि २ दिनमा सुन चार हजार रुपैयाँ र चाँदी ३६ सय रुपैयाँले सस्तो भएको हो । 

सरकारले बजेटमा सुन चाँदीको भन्सार १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । बुधबार कर घटाएपछि सुन ४ हजार रुपैयाँले सस्तो  प्रति १० ग्राम ६९ हजार १९४ रुपैयाँ भारुमा बिक्री भइरहेको छ भने चाँदी ३ हजार ६ सयले घटेर ८४ हजार ८९७ रुपैयाँ भारुमा पुगेको छ ।

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४७ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँ रहेको छ ।