शीर्षकहरू

त्रिवि शिक्षण अस्पतालमा शव कुरिरहेका शोकाकुल आफन्त [तस्वीरहरू]

त्रिवि शिक्षण अस्पतालमा शव कुरिरहेका शोकाकुल आफन्त  [तस्वीरहरू]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा ज्यान गुमाएकाहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ । दुर्घटनमा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू अस्पतालमा भेला भएका छन् ।

शव कुरिरहेका आफन्तहरू अस्पताल परिसरमा शोकाकुल देखिएका छन् । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टमका लागि कम्तिमा ७२ घण्टा लाग्ने अनुमान गरिएको छ । त्यसपछि ती शव आफन्तहरूलाई बुझाइने छ ।

बुधबार बिहान ११:१३ बजे सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १८ जनाकै मृत्यु भएको छ । घाइते पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार जारी छ ।