शीर्षकहरू

कामना सेवा विकास बैंकको नाफा ६३ प्रतिशतले वृद्धि, एनपीएल सामान्य वृद्धि

कामना सेवा विकास बैंकको नाफा ६३ प्रतिशतले वृद्धि, एनपीएल सामान्य वृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०र८१मा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो आम्दानी अघिल्लो आार्थिक वर्षको खुद नाफाभन्दा ६३ प्रतिशतले बढेको हो ।  अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख रुपैयाँ थियो । 

त्यसैगरी समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी दुई अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ६ करोड ७६ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।  र जगेडा कोषमा एक अर्ब ७५ करोड ७७ लाख रुपियाँ सञ्चित छ । यो अवधिमा बैंकको नन खराब कर्जा(एनपीएल) को अनुपात भने अघिल्लो वर्षभन्दा 0.२१ प्रतिशतले बढेर गत आवमा बढेर ३.२१ प्रतिशत पुगेको छ।

बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी बढेर १८.३८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ छ ।