शीर्षकहरू

मेटलाइफ र कर्मयोग फाउन्डेशनबीच साझेदारी  पत्रमा सम्झौता

मेटलाइफ र कर्मयोग फाउन्डेशनबीच साझेदारी  पत्रमा सम्झौता

काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ ।  

प्लेस्केपले सिकाइसँग खेल मिलाउदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक  वातावरण निर्माण गर्ने विश्वास लिएको छ । यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्य रहेको छ । 

यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेशनलाई रु ७००,००० को सहयोग उपलब्ध गराएको छ ।