शीर्षकहरू

आजको विदेशी मुद्रा : अमेरिकी डलरको दर सामान्य बढ्यो

आजको विदेशी मुद्रा : अमेरिकी डलरको दर सामान्य बढ्यो

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रूपैयाँ २१ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रूपैयाँ १६ पैसा पुगेको थियो ।

युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ १९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८४ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा रहेको छ भने विक्रीदर १७३ रुपैयाँ २५ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८ रूपैयाँ ६० पैसा रहेको छ । 
  
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६० पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ०० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०६ पैसा तोकिएको छ ।