शीर्षकहरू

एसिसि महिला एसिया कपः नेपालले एक सय ७९ रनको लक्ष्य पायो

एसिसि महिला एसिया कपः नेपालले एक सय ७९ रनको लक्ष्य पायो

काठमाडौं ।  एसिसि महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनायो ।

भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र एक छक्कासहित ८१ रन बनाएकी हुन । 

यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउदा सजीवन सजनाले १० तथा ऋचा घोषले छ रन जोडिन् ।
 
नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । हालसम्म नेपालले ४ विकेट गुमाएर ५३ रन बनाएको छ ।