शीर्षकहरू

ग्लोबल आईएमईलाई बेस्ट बैंक र बेस्ट बैंक ईएसजी सम्मान

ग्लोबल आईएमईलाई बेस्ट बैंक र बेस्ट बैंक ईएसजी सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित भएको छ ।

उक्त अवार्डअन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट ग्लोबल आईएमई बैंक सम्मानित भएको हो ।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित हुन पुगेको छ । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । 

बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा युरो मनी म्यागजिनद्वारा सन् १९९२ मा यो अवार्ड स्थापित भएको थियो ।