शीर्षकहरू

नेपाल इन्फास्टक्चर बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्फास्टक्चर बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर साउन ८ गतेदेखि बिक्रीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर कम्पनीले प्रतिकित्ता १०१ रूपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले साउन १५ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । 

सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री गर्न लागिएको हो । तोकिएको अवधिभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर खरीद माग गर्दै आवेदन दिन पर्नेछ । 

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथली स्थित केन्द्रिय कार्यालयसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । साथै बैंको विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।