शीर्षकहरू

मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने सहमति, अध्ययन कार्यदल गठन

मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने सहमति, अध्ययन कार्यदल गठन

काठमाडौं । न्युरोडको फुटपाथ विस्तारको किचलो तत्कालका लागि टुंगिएको छ । काठमाडौं महानगरपालिका र स्थानीयवासीबीच मंसिर २ गतेसम्म फुटपाथ विस्तारको काम नगर्ने सहमति भएको हो ।

सोमबार मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन लगायतबीच भएको छलफलमा फुटपाथ विस्तारका कारण हुने आर्थिक, समाजिक, सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको हो ।

उक्त अध्ययनका लागि सुमनराज भण्डारीको नेतृत्वमा ९ सदस्यीय अध्ययन कार्यदल बनाउने सहमति पनि भएको छ । उक्त कार्यदलले मंसिर १ गतेसम्म फुटपाथ विस्तारका कारण हुने प्रभावबारे अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्नेछ । उक्त प्रतिवेदनपश्चात् फुटपाथ विस्तार गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने सहमति भएको हो ।

महानगरले न्युरोड क्षेत्रको पार्किङ हटाएर फुटपाथ विस्तारको थालनी गरेको थियो । उक्त कार्यको स्थानीयले अवरोधका साथ विरोध गर्दै आएका थिए ।