शीर्षकहरू

सहकारी अपचलन : साढे ३५ अर्ब रकम हिनामिना, ५९ हजार ५८७ बचतकर्ताले दिए निवेदन

सहकारी अपचलन : साढे ३५ अर्ब रकम हिनामिना, ५९ हजार ५८७ बचतकर्ताले दिए निवेदन

काठमाडौं । देशभरका सहकारीहरूबाट ५९ हजारभन्दा बढी बचतकर्ताले बचत अपचलन भएको भनी निवेदन दिएका छन् ।

सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ५९ हजार ५८७ जनाले सहकारी बचत हिनामिना तथा अपचलनमा निवेदन दिएको बताए । ती बचतकर्ताको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रकम हिनामिना भएको यकिन भएको उनले बताए ।

उनले भने, '३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ ।' उनले  कर्जा असुली न्यायाधिकरण कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएर बजेट सुनिश्चित गरिएको जानकारी दिए ।