शीर्षकहरू

बैंकिङ कसुरका मुद्दा बढ्दै, एक वर्षमै १३ हजार बढी दर्ता

बैंकिङ कसुरका मुद्दा बढ्दै, एक वर्षमै १३ हजार बढी दर्ता

काठमाडौं । पछिल्लो समय बैंकिङ कसुर मुद्दामा दर्ता गर्नेहरूको सङ्ख्या बढ्दो छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नै १३ हजार भन्दा बढी यस्ता मुद्दा दर्ता भएका छन् ।   

गत आवमा १३ हजार २६३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । यसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा भएका छन् । काठमाडौं उपत्यकामानै ७ हजार ६६२ मुद्दा दर्ता भएका छन् । 

त्यस्तै, गत आवमा लुम्बिनी प्रदेशमा एक हजार १७८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता हुँदा कर्णाली प्रदेशमा २८६ वटा मात्रै भएको छ । सुदूरपश्चिम प्रदेशमा  गत आवमा २९७ वटा मुद्दा दर्ता भएका छन् । 

गत आवमा गण्डकी प्रदेशमा एक हजार ८२, कोशी प्रदेशमा एक हजार ४, मधेश प्रदेशमा एक हजार १६ र बागमती प्रदेशमा ७३८ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाकारी दिएको छ । 

गत आवमा सबैभन्दा धेरै दर्ता भएका अपराधहरूमा बैंकिङ कसुर नै पहिलो रहेको छ । त्यसबाहेक सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध १० हजार ७५६ मुद्दा दर्ता भएका छन् । तीन हजार ७५८ वटा चोरीका मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।