शीर्षकहरू

नेपाल लाइफ क्यापिटलले साउन ८ गतेदेखि हकप्रद बिक्री गर्ने

नेपाल लाइफ क्यापिटलले साउन ८ गतेदेखि हकप्रद बिक्री गर्ने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले साउन ८ गतेदेखि अवितरित ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । गत पुस २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम कम्पनीले असार २५ गतेसम्म कम्पनीका संस्थापक शेयरधनीहरूलाई कुल चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

प्रतिशेयर १०० रूपैयाँ दरका १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद शेयर विक्री गर्दा १० लाख ९९ हजार १२९ कित्ता मात्र विक्री भएपछि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको हो । यी शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीद गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

हकप्रद शेयर खरीद वापत्को रकम ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालय कमलादी, काठमाडौं र आइसिएफसि फाइनान्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा रहेको कम्पनीको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ । साउन २२ गतेसम्म ग्लोबल आइएमई बैंकमा रहेको कम्पनीको खाता नम्बर ३०१०१०१०००२२७२ र आइसिएफसि फाइनान्समा रहेको कम्पनीको खाता नम्बर ००१००१०००४०३२००००००३ मा हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ ।