शीर्षकहरू

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो १ अर्ब ३३ करोडभन्दा बढी नाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो १ अर्ब ३३ करोडभन्दा बढी नाफा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म १ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष करिब ६ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ५ दशमलव ८७ प्रतिशत कम सञ्चालन नाफा गरेकाले खुद नाफा घट्न पुगेको हो । 

चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम २ अर्ब ९५ करोड रूपैयाँभन्दा बढी छ । 

चौथो त्रैमाससम्म कम्पनीले ८२ करोड ९८ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह २० अर्ब ८६ करोड रूपैयाँभन्दा बढी छ । निष्क्रिय कर्जा शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रूपैयाा १६ पैसा र प्रतिशेयर नेटवर्थ ११३ रूपैयाँ ७० पैसा रहेको छ ।