शीर्षकहरू

नेपाल भित्रियो विश्व चर्चि आरबीएमको विद्यालय कार्यक्रम, ‘प्लस टू’का विद्यार्थी बन्न सक्छन् उद्यमी

नेपाल भित्रियो विश्व चर्चि आरबीएमको विद्यालय कार्यक्रम, ‘प्लस टू’का विद्यार्थी बन्न सक्छन् उद्यमी
सांकेतिक तस्वीर

काठमाडौं । विश्व चर्चित प्रविधि कम्पनी आरबीएमको विद्यालय कार्यक्रम नेपाल भित्रिएको छ । कम्पनीले तयार पारेको ‘विद्यालय कार्यक्रम’ भारतको शिक्षा प्रविधि कम्पनी ट्रान्सन्युरनसँगको सहकार्यमा एसियन ईलर्निङले नेपाल भित्र्याएको हो ।

यस कार्यक्रमअन्तर्गत कक्षा ५ देखि १२ सम्मका कार्यक्रमहरू समेटिएका छन् । जसमा एआई तथा मसिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन क्षेत्रका ४० देखि ६० घण्टाका सातवटा कोर्स रहेको एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए । उनका अनुसार यसअन्तर्गत तीन चरणका कोर्सहरू रहन्छन्– पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेश्रो इनोभेटर । 

यस कार्यक्रमको लक्ष्य नै विद्यार्थी प्लस टुसम्म पुगिसक्दा सीर्जनशील र व्यावसायिक बनोस् भन्ने रहेको बताइएको छ । थप पूर्वाधारबिना नै विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्न सकिने एसियन इ–लर्निङले बताएको छ । यस कार्यक्रमबाट विद्यार्थीहरू प्लस टु पुग्दै उद्यमी बन्न सक्ने कम्पनीले बताएको छ ।

सन् १९८१ मा पर्सनल कम्प्युटर बजारमा ल्याएको आईबीएमले हाल सुपर कम्प्युटरहरू निर्माण गर्नुका साथै एआई र मसिन लर्निङलगायतका प्रविधिमा काम गरिरहेको छ । यस कम्पनीका ६ जना बहालवाला तथा पूर्व कर्मचारीले विभिन्न आविष्कारका लागि ६ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार समेत पाइसकेका छन्।