शीर्षकहरू

आईएमई लाइफ इन्स्योरेन्सले पायो बी प्लस रेटिङ

आईएमई लाइफ इन्स्योरेन्सले पायो बी प्लस रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बी’ रेटिङ गरेको थियो।

आव २०८०/०८१ को अवधिमा आईएमईलाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको  रेटिङ परिमार्जन भएको बताइएको छ । 

रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरेपश्चात  कम्पनीको नेट वर्थ वृद्धिलाई पनि मूल्यांकन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्‍याएको जानकारी कम्पनीले दिएको छ ।