काठमाडौं । ६ निर्माण व्यवसायी कम्पनीहरु कालोसूचीमा परेका छन । सार्वजनिक खरिद अनुगमन कार्यालयले रहेको यो कार्यालयले आज सूचना जारी गर्दै ६ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको हो ।
विभिन्न सररकारी कार्यालयको काम गर्न दिइएकोमा उक्त निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको साउन १ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।
कालो सूचीमा राखिएका कम्पनीले १ वर्षदेखि २ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ ।