शीर्षकहरू

पाइलट 'अपग्रेड'का लागि १४ लाख ८५ हजार थप शुल्क असुल्दै यति एअरलाइन्स

पाइलट 'अपग्रेड'का लागि १४ लाख ८५ हजार थप शुल्क असुल्दै यति एअरलाइन्स

काठमाडौं । निजी क्षेत्रको ठूलो विमान कम्पनी यति एअरलाइन्समा चरम श्रम तथा आर्थिक शोषण गरेको भेटिएको छ । यति एअरलाइन्समा पाइलटहरुलाई पी वानमा अपग्रेड तालिमका लागि थप शुल्क लिने गरेको एक पीडित पाइलटले आर्थिकन्युजलाई बताए ।

 यति एअरलाइन्सले आन्तरिक कार्य अनुभवका आधारमा गर्न पर्ने अपग्रेडका लागि समेत १४ लाख ८५ हजारसम्म थप रकम लिने गरेको छ । ती पीडितका अनुसार, ‘हरेक नयाँ पाइटल वा को–पाइटलबाट पाइलटमा अपग्रेडका अन्तरिक तालिममा समेत महगो रकम लिने गरेको छ ।’ 

नेपालको श्रम कानुन विपरित काम छोड्न परेमा एक वर्षअघि नै जानकारी दिन पर्ने र विना जानकारी छोडेमा एक वर्षसम्मको तलब विमान कम्पनीलाई तिर्ने पर्ने नियम बनाएर लागू गरेको समाचार प्रकाशन गरेपपछि थप पीडित पाइलटले आर्थिकन्युजलाई आर्थिक शोषण गरेको प्रमाण दिएका हुन ।

हरेक फ्लाइटको उडानका क्रममा नै अपग्रेडका लागि आवश्यक पर्ने मूल्यांकन गरिने गरिन्छ । उक्त फ्लाइटमा चढ्ने यात्रुबाट फूल भाडा लिएर यात्रु चढाएको हुन्छ सोहि फ्लाइटमा ती पाइलटको तालिम हुने भएकाले पाइलटबाट पनि थप रकम लिनु भनेको ठगी भएको नेपाल एरलाइन्सका पूर्व वरिष्ठ क्याप्टेन केबी लिम्बु बताउँछन् ।  

उनका अनुसार पाइटलबाट माथि अपग्रेड हुन पर्ने पाइलटको वर्ष वा घण्टा जुनपछि आउँछ त्यसलाई नै आधार मानेर विमान कम्पनीको नियमति उठान समयमा नै मूल्यांकन हुने भएकाले सो अपग्रेडका लागि विमान कम्पनीहरुले थप शुल्क लिन पाउँदैनन् । एक पीडित पाइलटका अनुसार जागीरका लागि नियुक्ती दिँदा नै पी वानमा अपग्रेडका लागि थप शुल्क लिने सर्तमा हस्ताक्षर गराउने गरेको छ ।  

ती पाइटलले भने, ‘यति एयरलाइन्समा जागीर खाँन जाने पाइलटको जीवन मात्र नभएर थप आर्थिक भार थपिने भएकाले सबै पाइलटहरु विमान उडानको बखतमा कसरी यति एयरलाइन्स छोड्ने भनेर मात्र सोच्ने गरेका छन् ।’

विमानमा काम गर्दा चित्त नबुझेमा एक वर्षअघि नै छोड्ने जानकारी दिन पर्ने अनि एक वर्षसम्म आफूले जागीर छोड्ने पक्का भइसकेपछि त्यो विमानमा कसरी मन लगाएर काम गरिन्छ ती पीडित पाइलछले भने । त्यसमा हरेक दिनको लकबुकमा यतिका कर्मचारीले भरेको विवरणका आधारमा आन्तरिक मूल्यांकन गर्ने गरिन्छ । त्यहा पनि विवरण भर्दा को–पाइलटलाई पाइलटमा बढुवा गर्न पुग्ने उडान समयको विवरण उल्लेख गर्ने स्थानमा अरु केहि नभएपनि विमान उढाउने बेलामा र ल्याण्ड गर्ने बेलामा ती पाइलटबाट काम ठिक ढंगले नगरेको भनेर विवरणमा उल्लेख गरिने गरेको ती पाइलटले बताए ।  

ती पीडित पाइलटका अनुसार यति एअरलाइन्समा पाइलटमाथि भइरहेको श्रम तथा आर्थिक शोषणका विरुद्ध आवाज उठाउन सक्ने सबै पाइलटहरुको हिम्मत समेत नरहेको बताए । उनले भने, हरेक वर्ष पाइटलहरुको अनुमति पत्र नविकरण गर्न पर्ने हुन्छ यदि विमान कम्पनीको अतिकति पनि विरुद्धमा बोल्न थाल्यो भने त्यो पाइलटको लाइसेन्स नविकरण गर्न आवश्यक पर्ने कागजातमा नै विवरण गलत पठाइदिने गरेको छ ।’