शीर्षकहरू

लापसेमा १ जना र सवारी साधन चलाउने ३१ जना चालकहरू कारबाहीमा

लापसेमा १ जना र सवारी साधन चलाउने ३१ जना चालकहरू कारबाहीमा

काठमाडौं । काठमाडौंको बल्खुमा शुक्रबार गरीएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६६ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ३१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । 

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०१-००६ ख २९ ८५ नम्बरका बस चालक काभेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २५ वर्षीय हरी थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाव, म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ । जगातीमा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा एकजना सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  

नियन्त्रणमा आएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ  । चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए  ।
  
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसरीनै चेकिङलाई कडाइका साथ निरन्तरता दिइने प्रहरी वरिष्‍ठ उपरीक्षक श्रेष्‍ठले जानकारी दिए ।