शीर्षकहरू

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

काठमाडौं । नेपालको सबैभन्दा ठूलो हेयर केयर ब्रान्ड, सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका  ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने एक जीवन्त अवार्ड समारोह, सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्स प्रस्तुत गरेको छ ।

 यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको छ । क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो र उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिएका थिए ।

यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा, सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दियो। सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने, र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिशनलाई जोड दिन्छ । दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने, र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिबद्धता साझा गर्दछ ।

यस अवार्ड समारोहको  ग्रान्ड फिनाले असार २४, २०८१ मा आफ्नो आकर्षक वातावरण र दृश्यका लागि परिचित, पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा भएको थियो। विभिन्न विधामा विजेता घोषणा भएपछि साँझ उत्साहले भरिएको थियो ।

प्रत्येक विधाका विजेताहरू राइजिंग स्टार स्विटि डङ्गोल, ब्रेकथ्रो कन्टेन्ट भावना रेग्मी, सनसिल्क बर्न टु साइन सिम्रन श्रेष्ठ,बेस्ट ब्राण्ड कोलाबोरेसन् विजया प्रधान,बेस्ट युज अफ ट्रेन्ड सिद्धार्थ तामाङ,बेस्ट अडियो/भिजुवल – करिश्मा श्रेष्ठ र फलोवर लभ प्रजिता श्रेष्ठ रहेका छन् । 

कार्यक्रमले यी प्रतिभाशाली व्यक्तिहरूको उपलब्धिलाई मान्यता मात्र होइन, सञ्जाल र प्रेरणाको लागि एक प्लेटफर्म पनि प्रदान ग¥यो, जसले नेपालमा इन्फ्लुएन्सर समुदायलाई समर्थन र उत्थान गर्ने सनसिल्कको समर्पणलाई थप बलियो बनायो ।