शीर्षकहरू

प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन, एमाले नेता सितल निवास पुगे

प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन, एमाले नेता सितल निवास पुगे

काठमाडौं । प्रतिनिधिसभामा पुष्पकमल दाहालको सरकार अल्पमतमा परेपछि बहुमत ल्याउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक अर्कामा सहमित पत्रमा हस्ताक्षर गरेर केपीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । हस्ताक्षर गरेपछि ओलीले शीतल निवास जाने भएका छन् । 

नयाँ सरकारको गठनको लागि दाबी गर्न शुक्रबार साँझ मात्रै दुई नेताले हस्ताक्षर गरेका थिए । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । पुष्पकमल दाहालले शुक्रबार जम्मा ६३ मत परेको थियो । विपक्षमा दुई तिहाइ अर्थात १९४ सांसदले मत दिएका थिए ।