शीर्षकहरू

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । त्यस्तै बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ । यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाएपछि कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् । 

कम्पनीको असार २७ गते बसेको सञ्चालक सिमितीको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ६ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।