शीर्षकहरू

एमाले सांसद भन्छन्– प्रधानमन्त्रीले राजीनामा दिएको भए त्रिशूलीमा बस खस्ने थिएन

एमाले सांसद भन्छन्– प्रधानमन्त्रीले राजीनामा दिएको भए त्रिशूलीमा बस खस्ने थिएन

काठमाडौं । नेकपा एमालेका सांसद  प्रभु हजरा दुसाधले बाढी र पहिरोका कारण देश शोकाकूल अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै राजीनामा दिएको भए यो घटना नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो राति पर्साबाट हिँडेको एञ्जल बस र काठमाडौंबाट गौर हिँडेको गणपति बसका ६१ जना यात्रुले ज्यान गुमाएको र यो सरकारका कारण भएको बताएको छ । उनले त्रिशूलीमा बेपत्ता रहेका यात्रुलाई नभेटिँदै मृत घोषणा गर्दै प्रधानमन्त्रीले राजीनामा दिएर यो निकाश दिएको भए यो घटना नहुने दाबी गरे ।

उनले भने–आज देश शोकको अवस्थामा छ । बाढी पहिरोले तराईका २२ र पहाडका जिल्लामा थुप्रै मान्छे ज्यान गुमाइसके । त्यसै क्रममा हिजो राति पर्साबाट हिँडेका एञ्जल बस र काठमाडौंबाट गौर जान हिँडेका गणपति बसका यात्रु ४१ जना र यता २४ जना ज्यान गुमाउनुभएको छ । सिंगो पर्सा र रौतहट शोकाकुल अवस्थामा रहेको छ । त्यसमा साथसाथै बिहारका ७ जना भारतीय नागरिक रहनुभएको छ । म भन्न चाहन्छु अहिले देशमा सरकार... गृहमन्त्रीको कुरा आयो – 'बाढी पीडित र राहतका लागि सबै व्यवस्था गरिएको छ... हेलिकोप्टर पनि राखिएको छ...' तर कहीँकतै यस्तो देखिएन अहिले ।

प्रधानमन्त्रीजी गीत गाउने र गीत सुनाउनेमै व्यस्त रहनुभएको छ । त्यसकारण यथाशीघ्र समयमै उहाँले राजीनामा दिएर यो निकाश दिएको भए यो घटनाहरू हुने थिएन । म यथाशीघ्र राजीनामा नदिए पनि सरकार आउँदैछ । साउन र भदौमा नाइट बस बन्द गरेर यो क्षति हुनबाट जोगाउनलाई म आग्रह गर्न चाहन्छु ।