शीर्षकहरू

आइटेलको पी ५५ स्मार्टफोन नेपाली बजारमा

आइटेलको पी ५५ स्मार्टफोन नेपाली बजारमा

काठमाडौ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी ५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो ।

आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलव ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ ।

सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीवी र्‍याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्‍याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरू ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् ।

ग्राहकको उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।