शीर्षकहरू

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोषित

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोषित

काठमाडौं । निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ । ‘वूमन ईन कन्सर्ट’ अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाईन्छ । यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद  १ लाख रुपैयाँ जितेकी छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् । 

त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् । वूमन ईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ । टीभीएस र वूमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ । 

रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ । 

काठमाडौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावना मनाउन एकसाथ आएका थिए । 

यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरुलाई तिन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ । टीभीएसले महिला सशक्तिकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।