शीर्षकहरू

अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामिछानेलाई चयन गरेको छ । कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।

त्यस्तै , समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् । यस अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० मा सेयरधनीलाई लाभांश दिन सकेन । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।