शीर्षकहरू

एक्कर्ड फर्मास्यूटिकल्सको ३०.९८६ प्रतिशत हकप्रद शेयर विक्रीमा

एक्कर्ड फर्मास्यूटिकल्सको ३०.९८६ प्रतिशत हकप्रद शेयर विक्रीमा

काठमाडौं । एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले ३० दशमलव ९८६ प्रतिशत हकप्रद शेयर असार २६ गतेदेखि वित्र mीमा ल्याएको छ । असार १४ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० दशमलव ९८६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । साउन २९ गतेसम्म आवेदन दिन सक्ने गरी कम्पनीले उक्त हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

 सम्बन्धित शेयरधनीहरूले तोकिएको अवधिभित्र हकप्रद शेयर वापत्को रकम बैंक खातामा जम्मा गरी सोको निस्सा सहित आवेदन दिनुपर्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा कम्पनीको नाममा रहेको खाता नम्बर ०३६०१०४०२६०२२० मा हकप्रद शेयर वापत्को रकम जम्मा गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीका संस्थापक शेयरधनीहरूबाट यो हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य शेयरधनी व्यक्ति वा निकायहरूलाई यी शेयर बाँडफाँट गरिने जानकारी कम्पनीले दिएको छ ।