शीर्षकहरू

जीएसी ग्रुपको  विश्व प्रसिद्ध ब्रान्ड होण्डा र टोयोटासँग लामो समयको साझेदारी

जीएसी ग्रुपको  विश्व प्रसिद्ध ब्रान्ड होण्डा र टोयोटासँग लामो समयको साझेदारी

काठमाडौं । जीएसी  ग्रुपले  होण्डापछि अब टोयोटासँग साझेदारी गर्ने भएको छ । जीएसीले लगभग तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको विकास गरेको छ। १९९९९ मा होण्डासँग र २००४ देखि टोयोटा जस्ता बिश्वा प्रसिद्ध ब्रान्डहरुको प्रारम्भिक साझेदारीदेखि नै,उत्कृष्ट आर एण्ड डी र निर्माण क्षमताहरू कार्यान्वयनमा देखिएको नतिजा नै हो ।

 यी ब्राण्डहरुसँगको सहकार्यमा मिशनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो । यस साजेदारीलाई अझै विश्व माज प्रगाड बनाउदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो इभी आउदो बर्ष चिनिया मर्केट्मा प्रस्तुत गर्ने योजना रहेको कम्पनीले बताएको छ । 

यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्दछन् । जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने पनि कम्पनीले दावी गरेको छ ।