शीर्षकहरू

प्रतिनिधिसभाको बैठक बस्दै, जलस्रोत विधेयक २०८१ प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, जलस्रोत विधेयक २०८१ प्रस्तुत हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।