शीर्षकहरू

अनिल ज्ञवाली सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त

अनिल ज्ञवाली सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

बैठकले आजैका मितिदेखि लागू हुनेगरि ज्ञवालीलाई नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा शुरु गर्नु भएका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।