शीर्षकहरू

सहकारीलाई असीमित बचत संकलन गर्न दिँदा समस्या आयो: गभर्नर

सहकारीलाई असीमित बचत संकलन गर्न दिँदा समस्या आयो: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीहरूमा असीमित बचत संकलन गर्न दिँदा समस्या आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 

गभर्नर अधिकारीले भने, ‘असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आयो । भूगोलको सीमा राखिएन । नियमनकारी निकायको प्रभावकारी उपस्थिति भएन । सुपरिवेक्षण हुन सकेन । जसले गर्दा सहकारीमा आजको अवस्था देखापर्यो ।’ 

सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने समेत उनले बताए । गभर्नर अधिकारीले कर्जा सूचना केन्द्र पनि आवश्यक भएको बताए । 

अन्तर बैंकदर घट्दै गएको समेत उनले बताए । गभर्नर अधिकारीले भने, ‘तरलता उच्च छ । जसले गर्दा अन्तर बैंकदर घट्दै गएको छ । यति हुँदाहुँदै पनि बैंकहरुमा रिकभरिको समस्या देखिएको छ । यो आर्थिक शिथिलताका कारण भएको हो ।’