शीर्षकहरू

सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी

सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई चयन गरेको छ । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डंगोल श्रेष्ठलाई चयन गरेको थियो । कम्पनीले अध्यक्षमा डंगोललाई गरिएको निर्णयमाथि पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै अध्यक्षमा सुवेदीलाई चयन गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।