शीर्षकहरू

एक करोड ८९ लाख बराबरको सामान बोकेका ट्रक नियन्त्रणमा

एक करोड ८९ लाख बराबरको सामान बोकेका ट्रक नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले करोडौँको सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । एक करोड भन्दा बढीकाे  हार्डवेयर लगायतका वस्तुहरू लोड रहेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।  

विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं.२५ आइसीपी गेट स्थित सडक खण्डबाट ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकहरू नियन्त्रणमा लिएको हो । जसमा माल वस्तुहरू अ.मु. एक करोड ८९ लाख ५० हजार ६२२ रुपैयाँ बराबरको हार्डवेयर लगायतका सामानहरू रहेका छन् । 

यसबारे आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।