शीर्षकहरू

तेह्रथुम पावर कम्पनीको शेयरको लकइन अवधि साउन २७ गते सकिने

तेह्रथुम पावर कम्पनीको शेयरको लकइन अवधि साउन २७ गते सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘क–इन’ आगामी साउन २७ गतेपछि सकिने भएको छ । संस्थापकतर्फको २८ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ४ लाख कित्ता र कर्मचारीतर्फको १६ हजार कित्ता शेयरको ‘लक–इन’ आगामी साउन २७ गतेपछि सकिन लागेको हो ।

पछिल्लो समय शेयरको ‘लक–इन’ सकिनु एक महिनाअघि सार्वजनिक रूपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाबमोजिम सोमवार कम्पनीले सूचना जारी गरेको हो । यी शेयर कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिदेखि तीन वर्षसम्म ‘लक–इन’मा रहने व्यवस्था छ । कम्पनीले २०७८ भदौ २५ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।  

आयोजना प्रभावित स्थानीयमा २०७८ साउन ५ गतेदेखि १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । ‘लक–इन’ अवधि समाप्त भएपछि कम्पनीको शेयर कारोबार गर्न मिल्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।