शीर्षकहरू

साधना र सबैको लघुवित्तले  असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

साधना र सबैको लघुवित्तले  असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त  वित्तीय संस्था एक आपसमा मर्ज भएर असार ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी एक भएपछि सम्पदा  लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । 

यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी समान हैषियत अर्थात १ः १ अनुपातमा मर्ज हुन लागेका हुन् । हाल साधनाको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।  

मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय हाल सबैको लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे तनहुँमा रहनेछ । साथै असार ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २९ गते सबै सेवाहरु अवरुद्ध हुने जानकारी दिएका छन् ।