शीर्षकहरू

चार सयले घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

चार सयले घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।