शीर्षकहरू

प्रभु बैंकले दुई रेष्टुरेन्टसँग विषेश छुटको सम्झौता गर्यो

प्रभु बैंकले दुई रेष्टुरेन्टसँग विषेश छुटको सम्झौता गर्यो

काठमाडौं । प्रभु बैँकका त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी ३ थकाली एण्ड मल्टि कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरसँग  विशेष छुट दिने सम्झौता गरेको छ ।  

टी ३ थकाली ग्रुपका अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।