शीर्षकहरू

मेटलाइफ नेपालद्वारा हरियाली पुनर्जीवित गर्न जीवन विकास समाजसँग साझेदारी

मेटलाइफ नेपालद्वारा हरियाली पुनर्जीवित गर्न जीवन विकास समाजसँग साझेदारी

काठमाडौं । मेटलाइफ नेपालले धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँगको साझेदारीको घोषणा गरेको छ । यस सहकार्य भित्र, मेटलाइफले पूर्वी नेपालको धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म विरुवा रोप्ने प्रतिबद्धता जनाएको छ ।  जसले त्यहाँका बासिन्दाहरू र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि हरित कोरिडोर सिर्जना गरेको छ । 

सडक छेउको हरियाली परियोजनाले त्यहाको वातावरणलाई अझै सुन्दर बनाउने छ र पारिस्थितिक सन्तुलन बढाउन, हावाको गुणस्तर सुधार गर्न र स्थानीय समुदायका लागि हरियो ठाउँहरू सिर्जना गर्ने जस्ता वातावरणीय फाइदाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौं । यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।“