शीर्षकहरू

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित  प्राप्त  ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको उक्त विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गरेका हुन् । 

राष्ट्रियसभाबाट उक्त विधेयक आजै पारित भएको थियो । दुवै सदनबाट पारित उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते सोमबार बिहान ११ बजे बस्नेछ ।