शीर्षकहरू

अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता

अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता

काठमाडौं । रिद्धिसिद्धि ज्वलर्सका सञ्चालक नरेन्द्र गुप्ताले अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो सबैले खारेज गर्नु पर्ने माग राखेका छन् । व्यवसायी गुप्ताले आइतबार एक अपिल जारी गर्दे यस्तो माग राखेका हुन् । 

‘कालिगडका नाममा जर्ती खर्च देखाउने प्रवृत्तिले कालिगड पनि शोषित भएका छन्। अपारदर्शी जर्तीमा नक्कली भौचर देखाइँदा राज्यलाई पनि राजस्वमा घाटा भइरहेको अवस्था छ। उपभोक्ता भ्रमित पार्ने मनसायले वर्षौँ अगाडि ल्याइएको यस अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो सबैले खारेज गर्न जरुरी छ’, उनले भने ।

सुनको गहना खरिद गर्दा र बिक्री गर्दा पनि जर्तीको नाममा कतिपय व्यवसायीहरूले आम उपभोक्ताबाट परम्पराको नाममा अत्यधिक रकम लिँदै आएका छन् । यो व्यवस्था व्यवहारिक छैन भनेर उनले अभियान चलाउँदै आएका छन् । 

हेरौँ, उनको अपिल 

नरेन्द्र कुमार गुप्ताको जर्तीमुक्त ज्याला प्रणालीको पक्षमा हार्दिक अपिल सुनको गहना खरिद गर्दा र बिक्री गर्दा पनि जर्तीको नाममा कतिपय व्यवसायीहरूले आम उपभोक्ताबाट परम्पराको नाममा अत्यधिक रकम लिँदै आएका छन् । यो व्यवस्था व्यवहारिक छैन भनेर मैले अभियान चलाउँदै आएको विदितै छ । आम उपभोक्ताको चाहनाअनुसार श्री रिद्धि सिद्धि ज्वेलर्सले जर्ती नलिने घोषणा गर्नु स्वागतयोग्य कदम हो। सुनको गहना बनाउँदा जर्ती लाग्छ, यो ध्रुवसत्य हो । 

तर, तथ्य यो पनि हो कि सामान्यतः गहनाको प्रकृति हेरेर १ तोला सुनको गहना बनाउँदा १–२ लाल जर्तीको रूपमा मात्र सुन हराउँछ । जबकि अपारदर्शी ढंuले अहिले बजारमा प्रतितोला १०–१२ प्रतिशतसम्म जर्तीको खर्च उपभोक्तासँग असुल्ने गरिएको छ । फेरि, सोही गहना बिक्री गर्न जाँदा पनि रसायन जर्ती भनेर थप उपभोक्ताको पैसा काट्ने प्रचलन छ । कालिगडलाई भने ज्याला र जर्ती संयोजित गरेर एकमुष्ट २–४∞ दिने गरिन्छ । 

यस्तो पृष्ठभूमिमा कतिपय गलत नियत राख्ने बाहेकका अरू देशभरका हजारौँ व्यवसायीले मेरो आह्वानलाई सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ । यस्तै कोटाको नाममा बेथिति गर्ने, संघ, महासंघको नाममा सिन्डिकेट गर्ने र धम्क्याउने तत्त्वहरूको जनस्तरबाटै घोर विरोध भइरहेको अवस्था छ। जर्तीरहित पारदर्शी र उपभोक्तामैत्री ज्याला प्रणाली लागु गर्ने मेरा आह्वानमा विभिन्न संघ, महासंघ तथा प्रतिस्पर्धी व्यवसायी मित्रहरूलाई सहकार्य गरेर अघि बढ्न हार्दिक अपिल गर्दछु ।

तर, सीमित प्रतिस्पर्धी व्यवसायीहरू, सुन कोटा माफियाहरू, सिन्डिकेटका मुकुटधारी तथा समर्थकहरूको योजनामा मलाई सुन उपलब्ध नगराउन भनी नेपाल बैंकर्स एसोसिएसनलाई पत्राचार गरिनु खेदजनक छ । एउटा स्वतन्त्र व्यवसायीले पाउनुपर्ने अधिकार र सुविधाबाट मलाई वञ्चित गराउने तथा उल्टै मुद्दा मामिलामा अलमल्याउने प्रयास गरिनु खेदजनक छ । उपभोक्ताको हितमा मैले ल्याएको योजना बिथोल्न अनावश्यक दुःख दिने मनसायले मेरो पसल अगाडि जुलुस निकाल्ने, सामाजिक सञ्जालमा ढुंगामुढा गर्ने र मलाई स्वतन्त्र रूपले काम गर्न अवरोध गर्न खोजिएको बारेमा मैले घोर भर्त्सना गर्दै आइरहेको छु । 

अनेक अवरोधका बिच मेरो योजनामा समस्त उपभोक्ताको पूर्ण साथ कायम रहेको तथ्य सामाजिक सञ्जालमा आइरहेको समर्थनले नै स्पष्ट पार्छ। जर्ती नलिने घोषणासँगै ७ प्रतिशत ज्याला मात्रै कायम हुँदा श्री रिद्धि सिद्धि ज्वेलर्सबाट उपभोक्ताले प्रति तोला झन्डै १५ हजारसम्म राहत पाउन सफल भएका छन्। अन्य व्यवसायीले पनि यो अभियानमा साथ दिएमा पारदर्शी व्यवसाय र उपभोक्ताले पनि राहत पाउनेमा दुई मत छैन। श्री रिद्धि सिद्धि ज्वेलर्सले गत २०८१/०२/२४ देखि आफ्नो मुनाफा कम गरी जर्ती समायोजनपछि जम्मा ७∞ उचित ज्याला लिँदा सम्पूर्ण कालिगड मित्रहरू तथा समस्त उपभोक्ता पनि निकै खुसी छन्।

कालिगडका नाममा जर्ती खर्च देखाउने प्रवृत्तिले कालिगड पनि शोषित भएका छन्। अपारदर्शी जर्तीमा नक्कली भौचर देखाइँदा राज्यलाई पनि राजस्वमा घाटा भइरहेको अवस्था छ। उपभोक्ता भ्रमित पार्ने मनसायले वर्षौँ अगाडि ल्याइएको यस अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो सबैले खारेज गर्न जरुरी छ। साथै पारदर्शी जर्ती संयोजित उचित ज्याला लागु हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। त्यसैले सम्पूर्ण प्रतिस्पर्धी व्यवसायीहरूलाई उपभोक्ताको हितमा मिलेर कुशल नियतले पारदर्शी रूपमा बिलमा देखाएर ज्याला लिँदै व्यवसाय गर्न हार्दिक अपिल गर्न चाहन्छु ।