शीर्षकहरू

साइकलमा आएका एक पुरुषले नारायणीबाट हाम फाले

साइकलमा आएका एक पुरुषले नारायणीबाट हाम फाले

काठमाडौं । साइकलमा आएका एक व्यक्ति चितवनको नारायणी नदीबाट हाम फालेका छन् । उनकाे परिचय खुलेको छैन ।

बिहान साढे १० बजेतिर ती पुरुष गुलाबी रङको साइकलमा नारायणी नदीमा आएका थिए । त्यसपछि साइकल पुल छेउमै छाडेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । साइकलमा एउटा टोपी र चप्पल समेत भेटिएका छन् ।

विपत् व्यवस्थापन सहितको प्रहरी टोली परिचालन गरी उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।