शीर्षकहरू

इपीएस नकारात्मक भएका कम्पनीको शेयर मूल्य कति छ ?

इपीएस नकारात्मक भएका कम्पनीको शेयर मूल्य कति छ ?

काठमाडौं । नेपाल स्छक एक्स्चेञ्जमा सूचिकृत जलविद्युक कम्पनीहरु ९१ वटा रहेको छ । तर, ती जलविद्युत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुले आफ्नो लगानीबाट पाउने आम्दानीको स्थिति हेर्ने हो भने दैनिय देखिएको छ । आम्दानी प्रति शेयर(इपीएस) नकारात्मक भएका कम्पनीहरुको शेयर मूल्य अन्य कम्पनी सरह नै भइरहेको छ । शेयर बजारमा १७२ रुपैयाँ २० पैसामा कारोबार भइरहेको शिवश्री हाइड्रोपावारको इपीएस २०.०२ रुपैयाँ नकारात्मक रहेको छ ।

 दोस्रो बजारमा १५५ रुपैयाँमा कारोबार भइरहेको अरुण भ्याली हाइड्रोपावरको इपीएस ०.४१ रुपैयाँ रहेको छ । त्यस्तै,हिमालयन उर्जा विकासको दोस्रो बजारमा १९५ रुपैयाँमा कारोबार छ तर, इपीएस –११.२७ रहेको छ । त्यस्तै, शेयर बजारमा १८१ रुपैयाँमा कारोबार भइरहेको लिब्रटी इनर्जीको इपीएस –३.१५ रहेको छ । 

त्यस्तै, सबैभन्दा पुरानो जलविद्युत कम्पनी नेशनल हाइड्रोपावरको शयेर बजारमा १४३ रुपैयाँमा कारोबार भएपनि उसको इपीएस ०.३७ रुपैया मात्रै छ । त्यस्तै, रिडी पावर कम्पनीको दोस्रो बजारमा १६८ रुपैयाँमा कारोबार भइरहेको छ तर, यसको प्रतिशेयर आम्दानी भने –३.८३ रुपैयाँ रहेको छ । त्यस्तै, १५६ रुपैयाँमा दैनिक शेयर बजारमा कारोबार भइरहेको सिंगटी हाइड्रोपावरको –१.११ रुपैयाँ रहेको छ ।
 
त्यस्तै, अरुण काबेली पावरको दोस्रो बजारमा शेयर मूल्य १६३ रुपैयाँ भएपनि यसको इपीएस भने –८.७६ रुपैयाँ छ । त्यस्तै, घलेम्दी हाइड्रोपावर दैनिक १४९ रुपैयाँमा कारोबार भइरहेको छ । यसको इपीएस –१.३३ रुपैयाँ रहेको छ । सरकारी लगानी रहेको माथिल्लो तामाकोशीको शेयर बजारमा १५७ रुपैयाँ रहेको कम्पनीको इपीएस –६.५७ रुपैयाँ रहेको छ ।