शीर्षकहरू

मनकामना केबुलकारको स्तरोन्नति गरिने

मनकामना केबुलकारको स्तरोन्नति गरिने

काठमाडौं । मनकामना केबुलकारको स्तरोन्नति गरिने भएको छ । निर्माता कम्पनीको सुझावमा समय सापेक्ष अनुसार केबुलकारको स्तरोन्नति गर्न लागिएको हो ।

कम्पनीका अनुसार प्रविधि एनालोगमा आधारित प्रविधि हो । यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम प्रविधि हो  । यसलाई डुप्पेलमेरको डी–कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ । 

पुरानो मोटर, कन्ट्रोल सिस्टक, प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरतहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेसन बीच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ । जसको लम्बाई करिब ३२०० मिटरको हुनेछ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर, मौसम आदि अन्य कुराको आधारमा अनुमानित  समय चाँडो पनि हुनसक्छ वा लम्बिन सक्ने समेत हुनसक्छ । यस विषयमा यात्रुहरूलाई समयभित्रमा नै सूचित गर्ने कम्पनीले जनाएको छ । 

स्तरोन्नति कार्यको लगानी करिब ५० करोडको हुनेछ । केबुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत् सञ्चालन भई सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।