शीर्षकहरू

विभिन्न स्थानका तीन जनालाई खोलाले बगायो

विभिन्न स्थानका तीन जनालाई खोलाले बगायो

काठमाडौं । देशभरका विभिन्न स्थानबाट तीन जनालाई खोलाले बगाएको छ । पाल्पा, काभ्रे र उदयुपरका तीन जनालाई खोलाले बगाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पाल्पाको माथागढि गाउँपालिका ६ माईलाचौर स्थित रहवास खोलाले बगाएर सोही ठाउँ बस्ने ६० वर्षीया रिमा सराहा राना मगरको शनिबार दिउँसो मृत्यु भएको छ । यसका साथै काभ्रेको रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोलाले बगाएर सोही ठाउँ बस्ने ६५ वर्षीया जालमाया रूजाल मगर र उनकै भदैनी ५ वर्षीया सेतीमाया रूजाल मगरको शनिबार बेलुकी मृत्यु भएको छ ।

त्यस्तै, उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार बस्ने नरेन्द्र राईको छोरा ५ वर्षीय राज राईको सोही ठाउँ स्थित अमृत खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।