शीर्षकहरू

हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४ दशमलव ५ मेगवाट क्षमताको हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन कार्य शुरु भएको छ । असार २ गते आएको बाढीका कारण उक्त आयोजनामा ठुला क्षति पुगेको थियो । 

कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै क्षति पुगेको आयोजनाको पुनः निर्माण कार्य सम्पन्न भई विद्युतीय उपकरणहरूको आवश्यक परिक्षण समेत सम्पन्न गरी असार २१ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको जानकारी दिएको हो ।