शीर्षकहरू

गोर्खाज फाइनान्सको संस्थापक स्वामित्व घट्ने

गोर्खाज फाइनान्सको संस्थापक स्वामित्व घट्ने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व घट्ने भएको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गर्न लागेको हो । 

गते चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक तर्फको शेयर स्वामित्व ५१ दशमलव प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत सोही अनुपात बमोजिम अभिलेख भैसकेकाले कम्पनीले शेयर संरचना परिवर्तनको प्रक्रिया अघि बढाएको हो । 

असार २३ गते सूचना जारी गर्दै कम्पनीले आगामी ३५ दिनभित्र शेयर संरचना परिवर्तन गर्न नचाहने सदस्यहरूलाई सम्पर्क गर्न भनेको छ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।